काठमाडौं– जेए ग्रुपका संस्थापकहरुले बडा दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २०० थान ट्राफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् । संस्थापकहरु अनारदेवी श्रेष्ठ, जिज्ञासा अर्याल र श्रेसा शाक्यले संयुक्त रुपमा वरिष्ठ प्रहरी उपरीक्षक किरण बज्राचार्यलार्ई आइतबार उक्त सामग्री हस्तान्तरण गरेको ग्रुपले जनाएको छ ।

उनीहरुले ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत उक्त कार्य गरेका हुन् ।

उनीहरुले नेपालीहरुको प्रमुख चाडको अवसरमा ट्राफिक प्रहरीसँग शुभकामना आदानप्रदानसमेत गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीको सुरक्षाको निम्ति अन्य ट्राफिक कार्यालयलाई समेत सुरक्षा ज्याकेट उपलब्ध गराउने जानकारी दिए ।

समाजसेवी अनारदेवी श्रेष्ठलगायतले १० वर्षदेखि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा विपन्नलाई सहयोग गर्दै आइरहेका छन् । जेए ग्रुपका संस्थापक श्रेष्ठले सिन्धुपाल्चोकस्थित शारदा माध्यामिक विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति उपलब्ध गराउँदै आएकी छन् ।

उक्त ग्रुपले डाक्टर सन्चो क्लिनिकमार्फत ललितपुरको हात्तीवन तथा हरिसिद्ध क्षेत्रमा समय समयमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरी निःशुल्क औषधी समेत वितरण गर्दै आइरहेको छ । संस्थाले केही दिनअघि ४० जना बृद्धबृद्धा र ९० जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । युवा उद्यमी जिज्ञासा अर्यालले सेवा अनलाइन समेत सञ्चालन गरिहेकी छन् ।

सेवा अनलाइनले विदेशमा छोराछोरी भएका र स्वदेशमा भएका बृद्ध बाआमालाई बिरामी हुँदा न्यूनतम शुल्कमा अस्पताल ल्याउने–लैजाने सेवा दिँदै आएको डा. सन्चो क्लिनिकका निर्देशक जेन श्रेष्ठले जानकारी दिए ।

जेए ग्रुपले भविष्यमा भौतिक पूर्वाधारमा समेत लगानी गर्ने जनाएको छ । यसले विभिन्न क्षेत्रमा सेवा पुर्याउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय