काठमाडौं– गए राति गुल्मीमा भएको जिप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । जिपमा सवार अरु ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुंगा नगरपालिका–१, पाँचरातेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका–२, जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३, चुँदारी गाउँका १९ वर्षीया संगीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये पाँचजनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एकजनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ । सदरमुकाम तम्घासनजिकै दुर्घटना भएका कारण तत्कालैै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय