धनकुटा– साँगुरीगढी गााउँपालिका, वडा नं १० का नेपाली कांग्रेस सभापति झगेन्द्र राईको कात्तिक २ गते दसैंको टिका लगाउन धरान जाँने क्रममा बैरे खोलाले बगाएर निधन भयो । उनको मृत्यु भएको खबर सुनेपछि पीडा सहन नसकेर उनकी पनि निधन भएको छ ।

कात्तिक २ गते आहालेबाट धरान जाने क्रममा बेपत्ता भएका राईको शव ३ गते साझ बैरे खोलाको किनारमा भेटिएको थियो । श्रीमानको मृत्युको खबर सुनेपछि उनकी धर्मपत्नी अनु राईलाई हृदयघात भयो । पति पत्नी दुवैको एकै साथ अन्त्येष्टि गरिएको नेपानी कांग्रेस धनकुटाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय