काठमाडौं– सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले दुई करोड कित्ता सेयर स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । कम्पनीले सो प्रयोजनका लागि एनआइबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

दाङमा रहेको कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक हो । सम्झौतामा सोनापुरका प्रबन्धक तथा सञ्चालक निपेश तायल तथा एनआइबिएल एसका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले दुई करोड कित्ता सेयर स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई सार्वजनिक निष्कासन गर्ने तयारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय