काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको मस्तिष्क घातबाट निधन भएको छ । ५१ वर्षका अर्यालको शनिबार बिहान काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।

उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार उक्त अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुले शनिबार विहान ८ः४१ बजे उनको निधन भएको बताएका छन् ।

मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा समवेदना व्यक्त गर्नुभयो । अर्यालको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरएको छ । अर्यालका श्रीमती छिन् । अर्याल गुल्मी, मर्भुङका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय