काठमाडौं– नेपाल टेलिकम मुलुकको सबैभन्दा ठूलो करदाताको रुपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवस २०७८ को अवसरमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकमलाई सबभन्दा बढी कर बुझाउने करदाताको रुपमा सम्मानित गरेको हो ।

विभिन्न क्षेत्रमा बढी तिर्ने अन्य व्यवसाय र व्यक्ति पनि सो अवसरमा सम्मानित भएका छन् । निर्यात उद्योगतर्फ डाबर नेपाल सर्वाधिक कर बुझाएर सम्मानित भएको छ ।

विशेष उद्योगतर्फ गोपाल श्रेष्ठ सम्मानित भएका छन् । उनी एसियन पेन्टसका प्रमुख हुन् । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक ठूलो करदाताको रुपमा सम्मानित भएको छ ।

सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएको कर विभागले जनाएको छ । उनीहरुलाई पनि विभागले सम्मान गरेको छ ।

सेवामा नोबेल हस्पिटल र पर्यटनमा तारागाउँ रिजेन्सी (हायात) बढी कर तिरेर सम्मानित भएका छन् । भाटभटेनी सुरपमार्केट पनि सो क्षेत्रको ठूलो करदाताको रुपमा सम्मानित भएको छ । जलविद्युत्तर्फ हिमाल पावर कम्पनी सम्मानित भएको छ ।

व्यक्तिगततर्फ सबैभन्दा ठूलो करदाताको रुपमा सरकारले सिद्धार्थ राणा सम्मान गरेको छ । राणा नेपालका लागि टाटा गाडीको नेपालको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङका चेयरम्यान हुन् ।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगको रुपमा सूर्य नेपाल सम्मानित भएको छ । घोराही सिमेन्ट भ्याटमा अनुशासित ठहरिएर सम्मानित भएको छ । घोराही सिमेन्ट त्रिवेणी समूहको लगानीमा सञ्चालित उद्योग हो ।

बिमा कम्पनीतर्फ नेपाल पुनर्बिमा कम्पनी सम्मानित भएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय