काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित भएको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो ।
भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालित परीक्षाको नतिजा प्रकाशित भएको हो ।

बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४० हजार २३९ छ । यसपालि तीन लाख ७५ हजार १५ जनाले कक्षा १२ को परीक्षा दिएका थिए ।

७० हजार एकजना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने विद्यार्थी ९९ हजार ५५३ छन् । ७५ हजार ८८ ले सी प्लस पाएका छन् । ‘सी’ ल्याउने परीक्षार्थीको संख्या २४ हजार ५१५ जना रहेको बोर्डले जनाएको छ ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने २९६ छन् भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको नतिजा परीक्षा सकिएको १० दिनभित्र प्रकाशित हुने बताइएको छ ।

परीक्षाको नतिजा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/  मा गएर हेर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय