काठमाडौं– कामना सेवा फुटसल कप २०२१ पुस ९ र १० गते काठमाडौंमा हुने भएको छ । बैंकले केन्द्रीय कार्यालय भवन परिसरमा बिहीबार पत्रकार सम्मेलन गरी सहभागी टिमहरुको घोषणा गर्दै खेल तालिका बारे समेत जानकारी गराएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पुस ९ गते प्रतियोगिताको उद्घाटन गर्ने र १० गते अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलको समापन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पुस १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कम सहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बैंकका अध्यक्ष सुदीप आचार्यले प्रतियोगिताले संस्थाको साख बढाउन दिन–रात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीको स्वास्थ्य तथा निरोगिता प्रवर्द्ध गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताए । खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग र समन्वय गर्नको लागि पनि उनले अनुरोध गरे ।

पत्रकार सम्मेलनमा एन्फा फुटबल कमिटीले खेलका नियम जानकारी गराएको थियो । प्रतियोगितामा एन्फा फुटबल कमिटीले रेफ्रीहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्ने जानकारी गराइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय