नयाँ दिल्ली– भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार संक्रमित भएका छन् ।

हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोन संक्रमित रहेका पनि सो मन्न्त्रालयले जानकारी दिएको छ । ओमिक्रोनका ती संक्रमितमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या पाँच लाख ९० हजार ६११ रहेका छन् । गएको २४ घन्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् ।

सोही अवधिमा थप ३२७ को संक्रमितको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय