काठमाडौं– आक्रामक रुपमा बजार विस्तार गरिरहेको एनआइसी एसिय बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ४० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ ।

योसँगै बैंकको प्रतिसेयर वार्षिक आम्दानी ४१ रुपैयाँ ४३ पैसा कायम भएको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत पुस मसान्तसम्म बैंकको कर्जा वार्षिक बिन्दुगत आधारमा १७ प्रतिशत (४० अर्ब) ले वृद्धि भई २७३ अर्ब ४६ करोड पुगेको छ । निक्षेप वार्षिक बिन्दुगत आधारमा ८ प्रतिशत (२२.०४ अर्ब) ले बढेर कुल निक्षेप संकलन २९९ अर्ब ३४ करोड पुगेको छ ।

खुद मुनाफा २ अर्ब ४० करोड पुगेको र यो अघिल्लो वर्षको तुलनामा १६.५७ प्रतिशतले बढी भएको बैंकले जनाएको छ । यसैगरी, बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) २१.७७ प्रतिशत छ । यो देशमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी हुन सक्ने बैंकले जनाएको छ ।

उक्त मुनाफसँगै बैंकको वार्षिक प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा कायम भएको छ । यो पनि निजी क्षेत्रका अन्य वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हुन सक्ने एनआइसीले जनाएको छ । गत पुस मसान्तसम्म बैंकको निष्क्रिय कर्जा ०.४७ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय