काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि बम्पर लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरणगर्ने लाभांश घोषणा गरेको हो।

संस्थाले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशत (४२ करोड ५८ लाख ८० हजार रुपैयाँ) बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत बराबर (२ करोड २४ लाख १४ हजार रूपैयाँ) नगद गरी ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । संस्था सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस सेयर वितरणपछि संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रूपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तवित प्रतिफल सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय