वीरगन्ज– वीरगन्ज महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशत बढी राजस्व उठाएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ७ महिनामा ३५ करोड ३३ लाख ९५ हजार राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.२६ प्रतिशत बढी हो । गत आर्तिक वर्षको पहिलो ७ महिनामा महानगरपालिकाले २५ करोड ५५ लाख ८३ हजार राजस्व संकलन गरेको थियो ।

महानगरपालिकाको नवौं नगरसभाबाट उद्योग, व्यापार, अस्पताल तथा सामाजिक कार्यमा संलग्न संघ–संस्थालाई सम्पत्ति करमा छुट दिने निर्णय गरेपछि यसमा ५ प्रतिशत र घरबहाल कर शीर्षकमा १३ प्रतिशत बढी राजस्व संकलन भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत निश्चलराज पाण्डले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड ५० लाख ९३ हजार र घरबहाल कर शीर्षकमा ४ करोड १४ लाख राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सम्पत्ति कर शीर्षकमा १० करोड २१ हजार तथा घरबहाल कर शीर्षकमा ३ करोड ६८ लाख राजस्व संकलन भएको थियो ।

कोरोना संक्रमणका कारण विभिन्न बाधा अड्चन खेप्दै आएका नगरवासीलाई चैत मसान्तसम्म सम्पत्ति कर र व्यवसाय कर बुझाए ५ प्रतिशत छुट दिनेजस्ता आर्कषक योजनाले महागरपालिकाको कर संकलनमा सकारात्मक प्रभाव परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय