नेपालगन्ज– बाँके जिल्ला लिग फुटबलमा न्यू डाँफे र जय किसान स्पोर्टस क्लबले जित हासिल गरेका छन । बिहीबार नेपालगन्ज रंगशालामा भएको पहिलो खेलमा न्यू डाँफेले मोडेल टिमलाई २–१ ले पराजित गरेको छ ।

न्यू डाँफेका लागि बिमल बस्नेतले ३४औं मिनेटमा र अनिल बिकले ४२औं मिनेटमा गोल गरेका थिए । मोडेलका लागि रोशन पुन मगरले ९औं मिनेटमा गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

दोस्रो खेलमा जय किसानले बुद्ध युवा क्लबलाई १–० ले हरायो । जय किसानका लागि दिक्षान गिरीले २१औं मिनेटमा गोल गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघमा आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन् । यसैगरी समूह ‘बी’मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्पोर्ट क्लब, न्यू डाँफे स्पोर्टस क्लब, युनाइटेड युथ क्लब र नवदुर्गा युवा क्लब रहेका छन् ।

लिग अन्तर्गत हरेक दिनको पहिलो खेल २ बजे र दोस्रो खेल ३ बजेर ३० मिनेटमा हुने आयोजकले जनाएको छ । लिगको विजेताले बाँके जिल्लाबाट लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय