काठमाडौं– अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन् । वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताए ।

नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७.३६ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । यो संख्या निरन्तर बढ्दो छ ।

उच्च रक्तचाप प्रभावित व्यक्तिमध्ये ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनभिज्ञ हुनु हो । विभिन्न उपायले उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै चारमध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको छ ।

दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनसमेत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय