काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार’ समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भएर २१ खर्ब २० अर्ब ८० करोड पुगेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको जेठमा मात्रै २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको जेठमा विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ थियो ।

केन्द्रीय बैंकमा समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड अमेरिकी डलर पुगेको छ । अघिल्लो वर्षमा भने यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय