काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेशप्रसाद दाहालले बैंकले गत असार मसान्तसम्म हासिल गरेका उपलब्धि, चालू आर्थिक वर्षका लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीतिबारे सेयरधनीलाई जानकारी गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
उक्त सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।
सभामा सहभागी सेयरधनीले बैंक व्यावसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफल बढाउने लगायत आगामी दिनमा बैंकभित्र संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्नुपर्नेमा विशेष जोड दिएको बताइएको छ ।









