काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३ हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य १० महिनाको अवधिमा ८२ हजार रुपैयाँभन्दा धेरैले कम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० र चाँदीको मूल्य ३ हजार ३३५ रुपैयाँ कायम छ ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० र चाँदीको मूल्य ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।









