काठमाडौं– धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ६२ अंकले बढेर २ हजार ६२८ दशमलव ६७ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७८ अंकले बढेर ४७६ दशमलव ९३ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अंकले बढेर १८२ दशमलव ६९ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अंकले बढेर १६१ दशमलव ९२ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार ७२८ रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घटेका छन् । आज १३८ धितोपत्रको मूल्य बढ्नुका साथै १३२ को घटेको छ । त्यसैगरी १० धितोपत्रको मूल्य स्थिर रह्यो ।

नेप्सेका अनुसार आज बोटर्लस नेपाल (बालाजु) बोर्टलस नेपाल (तराई) र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, प्रभु महालक्ष्मी इन्सुरेन्स, मुक्तिनाथ कृषि कम्पनी लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय