काठमाडौं– प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेको छ ।

मलेसिया जाने कामदारसँग अवैध रुपमा रकम संकलन गरी त्यो रकम मलेसिया पठाएको आरोपमा उनी पक्राउ गृह मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतबाट अर्यालविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।

अर्याल भारतमा पक्राउ परेको खबर बाहिरिए पनि आधिकारिक स्रोतले यसको पुष्टि गरेको छैन ।

गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको सत्य भए पनि यस सम्बन्धी थप विवरण पछि सार्वजनिक हुने बताएको छ ।

सोही प्रकरणमा प्रहरीले तत्कालीन दुई मन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर, तत्कालीन श्रम सचिव विनोद केसी सहित १० जनालाई केही दिनअघि पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय