काठमाडौं– सोमबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ४०० ले बढेको हो ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४०० र तेजाबी सुन प्रतितोला ८९ हजार ९०० मा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० मा कारोबार भएको थियो।

महासंघका अनुसार सोमबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय