काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
बिहीवार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँ रहेको चाँदी मूल्य बिहीबार बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको फेरबदलसँगै नेपालमा सुनचाँदीको भाउ उकालो लागेको हो ।









