काठमाडौं- बुधवार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ६०० ले घटेको हो ।

अघिल्लो दिन मंगलबार ९० हजार ६०० मा कारोबार भएको सुन बुधबार घटेर ९० हजार कायम भएको महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन ८९ हजार ५५० मा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधवार चाँदीको मूल्यमा पनि घटेको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदी एक हजार २९० कायम गरेको छ । अघिल्लो दिन मंगलबार एक हजार ३०० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय