काठमाडौं– एनआईसी एसिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।
मंगलबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने निर्णय गरेको हो ।
कम्पनीका अनुसार क्यापिटलको दसौं वार्षिक साधारणसभा आगामी भदौ २६ गते गर्ने निर्णय समेत सञ्चालक समिति बैठकले गरेको छ ।
उक्त वार्षिक साधारणसभामा प्रस्तावित लाभांश लगायत विषयमा छलफल हुने बताइएको छ । ्









