काठमाडौं– युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आजबाट प्राथमिक सेयर (आइपिओ) निष्कासनमा ल्याएको छ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासनमा ल्याएको हो ।

त्यसमध्ये ५ प्रतिशत कर्मचारीलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपिओमा छिटोमा असार २८ गते र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आइपिओमा प्रतिसेयर १०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछ ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रत्याभुतकर्तामा नविल इन्भेस्टमेन्ट बैकिङ लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले इक्राएनपी–आइआर त्रिपल बी रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड ५० लाख रहेको छ भने आइपिओ निष्कासनपछि २ अर्ब १५ करोड पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय