काठमाडौं– कृषि विकास बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न मिल्नेसहितको नयाँ सेवा सुरु गरेको छ । बैंकले अनलाइनबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रयाले अनलाइनबाट डिम्याट खाता खोल्ने प्रणाली सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सेवाको उद्घाटन गरेका छन् ।
यस सेवा अन्तर्गत बैंकमा खाता भएका ग्राहकले बिनाझन्झट अनलाइनबाट डिम्याट खाता, मेरो सेयर खाता, सिआरएन नम्बर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटिएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् ।
बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाको लागि अनुरोध गर्न सक्ने गरी नयाँ प्रविधि सुरु गरेको जनाएको छ ।
यसका अलावा बैंकमा खाता नभएका ग्राहकले समेत देश विदेशबाट अनलाइनबाट समेत चल्ती, बचत खाता सहित सबै सेवा अनुरोध गर्न सक्नेछन् । बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहकले यो सेवा समयमा नै उपयोग गर्न सक्नेछन् ।
सेवापश्चात सेयर कारोबार सहज हुने, बैंकमा खाता भएका ग्राहकले थप ग्राहक पहिचान विवरण पेस गर्नु नपर्ने, नाबालकको खाता खोल्न सहज हुने, खाता खोल्न बैंक समक्ष पुग्नु नपर्ने, मोबाइल तथा इन्टरनेट बैंकिङका लागि आवेदन दिन सकिने छ ।









