काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सोमबार बिहान उक्त संस्थाको आइपिओ बाँडफाँड भएको हो ।
क्यापिटलका अनुसार कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन दिएका थिए ।
आवेदनभन्दा बढी माग परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड गरिएको हो । जसअनुसार ३६ हजार ३४९ जनाले संस्थाको सेयर पाएका छन् । तीमध्ये १० कित्ताभन्दा बढी आवेदन दिएकामध्येबाट गोलाप्रथाबाट भाग्यमानी दुईजनाले थप १/१ कित्ता सेयर पाएका छन्।
संस्थाले यही असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित दरमा ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
जसमा ०.५ प्रतिशत सेयर कर्मचारीलाई र कुल निष्कासनको ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
आइपिओको नतिजा केही समयपछि सार्वजनिक गरिने एनएमबि क्यापिटलले जनाएको छ। आइपिओको नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np/, एनएमबि क्यापिटल र सम्बन्धित आइपिओ निष्कासनकर्ता मनकामना स्मार्ट लघुवित्तको वेबसाइटमा हेर्न सकिनेछ।









