काठमाडौं– नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थाहरुको लाभांश वितरणमा अंकुश लगाएको छ । केन्द्रीय बैंकले सोमबार एक निर्देशिका जारी गर्दै लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न चाहे थप सर्त पूरा गर्नुपर्ने नीति ल्याएको हो ।

अब त्यस्ता संस्थाले नगद र बोनस सेयरसमेत मिलाएर २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न चाहेको खण्डमा २० प्रतिशतभन्दा बढी लाभांश ५० प्रतिशत जगेडा कोषमा राख्नुपर्ने हुन्छ ।

उदाहरणको लागि कुनै कम्पनीले ४० प्रतिशत लाभांश दिन चाह्यो भने उसले २० प्रतिशतभन्दा माथिको २० प्रतिशतको आधा जगेडा कोषमा राख्नुपर्छ । त्यसपछि मात्र उसले ३० प्रतिशत प्रतिफल वितरण गर्न पाउँछ ।

राष्ट्र बैंकको यो नीतिले तत्कालिक लाभांशमा असर परे पनि दीर्घकालीन हिसाबले भने वित्तीय संस्थाहरु झन् झन् सबल बन्दै जाने र आगामी दिनमा तिनको मुनाफको आकार अझै बढ्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय