काठमाडौं– नेपाल चिया विकास निगम लिमिटेडले आफ्नो उत्पादनमध्येको एक टोकला मसला चियालाई ‘नयाँ आकर्षक प्याक’मा बजारमा प्रस्तुत गरेको जनाएको छ ।
निगमकै बगानबाट टिपिएको चियामा हितकारी मसला मिसाएर तयार पारेको मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको कम्पनीले जनाएको छ ।
नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिच जस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि हितकारी मसलाहरुको समिश्रण रहेको कम्पनीको भनाइ छ ।









