काठमाडौं– नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ५०० ले घटेको छ हो ।
आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ९०० र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी शुक्रबारको मूल्य अर्थात प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।









