काठमाडौं– सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १०० ले घटेको हो ।
अघिल्लो दिन ९२ हजार ४०० मा कारोबार भएको सुन सोमबार घटेर ९२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सोमबारका लागि तेजावी सुनको मूल्य ९१ हजार ८०० निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन तोलामा ९१ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला एक हजार २८५ मा कारोबार भएको चाँदी सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ । चाँदीको मूल्य शुक्रबारदेखि स्थिर रहँदै आएको छ ।









