काठमाडौं– सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक ४.०६ बिन्दुले बढेर ३०८५.०७ मा पुगेको छ ।
यस दिन नेप्से ०.१३ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक ०.३० बिन्दुले बढेर ५७२.४६ मा पुगेको छ ।

२२६ कम्पनीका २ करोड १८ लाख ९४ हजार २ सय ९ कित्ता सेयर किनबचे भएको नेप्सेमा सोमबारको कारोबार रकम १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ छ ।

यस दिन कारोबार भएका १३ उपसमूहमध्ये, ५ उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी ८ उपसमूहको मूल्य घटेको छ ।

सोमबार लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । लघुवित्त कम्पनीहरुले सन्तोषजनक वित्तीय विवरण सार्वजनिक गरेपछि लगानीकर्ता आकर्षित गरिएको भएको अनुमान गरिएको छ ।

सोमबारसम्म अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका लघुवित्त वित्तीय संस्थाको प्रतिशेयर आम्दानी आकर्षक छ । वित्तीय विवरण प्रकाशित गरेका १७ वटा सूचीकृत लघुवित्त वित्तीय संस्थामध्ये ९ वटाको प्रतिसेयर आम्दानी ४० रुपैयाँभन्दा माथि छ । कुनै कुनैको त ६२ रुपैयाँसम्म प्रतिसेयर आम्दानी छ ।

अधिकांशको रिटर्न अन इक्विटी ९पुँजीमा प्रतिफल अर्थात आरओर्इ० पनि ३६ प्रतिशतसम्म छ। १७ मध्ये एउटाको आरओई एकल अंकमा छ भने बाँकी सबैको दोहोरो अंकमा छ। यसमध्ये ४ वटाको २० प्रतिशतभन्दा कम छ। बाँकी सबैको त्योभन्दा माथि छ।

सोमबार २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय