काठमाडौं– सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । साथै कम्पनीले सो बोनस सेयर वितरणपछि हकप्रद पनि जारी गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको करका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतशित अर्थात २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पनि घोषणा गरेको हो ।

आइतबार सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले सो दरमा बोनस र हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ७३ करोड ३२ लाख रुपैयाँ छ भने १० प्रतिशत बोनस वितरण पश्चात ८० करोड ६५ लाख पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय