काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजारले र चाँदी तोलामा २५ रुपैयाँले घटेको छ ।
सोमबार छापावाला सुन प्रतितोला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० मा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २४० मा कारोबार भएको थियो ।









