काठमाडौं– मंगलवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार ४०० र तेजाबी सुन ९० हजार ९०० मा कारोबार भइरहेको छ ।
सोमबार सुन तोलामा १०० ले घटेर छापावाला सुन प्रतितोला ९१ हजार ४०० र तेजाबी सुन प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार २३० मा कारोबार भइरहेको छ । सोमबार चाँदी तोलाको एक हजार २३० मा कारोबार भएको थियो ।









