काठमाडौं– अघिल्लो आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश र बोनस सेयर घोषणा गर्ने लहर चलिरहेका बेला कामना सेवा विकास बैंक पनि त्यही पंक्तिमा उभिन पुगेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बिहीबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।










