काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १०० र चाँदीको मूल्य ४० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८१५ रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख २ हजार २०० र त्यति नै परिमाणको चाँदी ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।









