काठमाडौं– नेपाल पर्वतारोहण संघको नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।

संघको आज भएको केन्द्रिय कार्यसमितिको ७१औं बैठकले महाधिवेशनको मिति तय गरेको हो । संघका महासचिव कुलबहादुर गुरुङका अनुसार केन्द्रिय कार्यसमितिको निर्वाचन गर्न संघको विधान बमोजिम तीन सदस्यीय निर्वाचन आयोगसमेत गठन गरिएको छ ।

उक्त आयोगमा अधिवक्ता डा गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत तथा अधिवक्ता डा रामशरण थपलिया र अधिवक्ता धनेन्द्रराज श्रेष्ठ सदस्य छन् ।

साथै संघले यही चैत ९ गते आयोजना हुन गइरहेको ३१औं वार्षिक साधारणसभाको तयारी पूरा भइसकेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत पर्वतारोहण संघ नेपालको एक मात्र राष्ट्रिय अल्पाइन क्लबको रुपमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर