काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)को भोलि बिहीबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेको छ । वर्तमान महासचिव जस्फा पाण्डे र द्वितीय उपाध्यक्ष गोपाल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आफूलाई अब्बल साबित गर्न प्रचार–प्रसारलाई तीव्र बनाइरहेका दुवै प्रत्यासीले व्यवसायीसँग छुट्टाछुट्टै भेटघाट र एजेन्डाबारे छलफल गरिरहेका छन् ।

पाण्डेले भिटोफमा व्यावसायिक नेतृत्वका लागि आफूले उम्मेदवारी दिएको बताइन् । उनले भिटोफको अवधारणालाई व्यवहारिक कार्यान्वयनका लागि यसपटक नेतृत्वमा आउन चाहेको उल्लेख गरिन् । अर्का प्रत्यासी थापाले निर्वाचनमा माहोल बनाउन व्यवसायीसँग भेटघाट र अन्तक्र्रिया जारी रहेको बताए । उनले भिटोफको उद्देश्यअनुरुप प्रवर्द्धनका गतिविधिलाई प्रभावकारी बनाउन आफूले प्रयत्न गर्ने बताए ।

११ सदस्यीय कार्यसमिति रहेको भिटोफको अध्यक्ष र कोषाध्यक्ष पदमा निर्वाचन हुनेछ भने अन्य पदमा निर्विरोध भइसकेको जनाइएको छ । कोषाध्यक्ष पदका लागि गौरी उप्रेती र सकुन्तला देवकोटा प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर