काठमाडौं– स्थानीय तह निर्वाचनका दिन आन्तरिक उडान बन्द रहने भएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते आपतकालीन र उद्धार कार्यमा प्रयोग हुने बाहेक आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्ने निर्णय गरेको छ ।

सोही निर्णयलाई आधार मान्दै वायुसेवा सञ्चालक संघले आइतबार एक विज्ञप्ति जारी गरी त्यस दिन आन्तरिक उडान बन्द रहने जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय