काठमाडौं– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले नेपाल फर्किन लागेको बताएका छन् । उनी अहिले केन्यामा छन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी त्यहाँ पुगेका हुन् ।

उनले बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा उनले शुक्रबार बिहान आफूमाथि आधारहीन आरोप लागेको र त्यसको सामना गर्न आफू तयार बताएका छन् । सही ढंगले अनुसन्धान हुने र कानुनले सबैलाई समान व्यवहार गर्ने उनले बताएका छन् ।

बिहीबार क्यानले एक विज्ञप्ति जारी गरी सन्दीपलाई राष्ट्रिय टोलीको कप्ताबाट निलम्बन गरेको थियो । १८ वर्ष उमेर नपुगेकी एउटी किशोरीले बलात्कार आरोपमा सन्दीपविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।
काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय