जकार्ता– इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दंगामा पौने दुई सयको ज्यान गएको छ ।

स्थानीय अधिकारीका अनुसार उक्त घटनामा मर्नेको संख्या १७४ पुगेको छ । यो पूर्वी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले संकलन गरेको तथ्यांक भएको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले प्रसारक कोम्पासलाई टिभी च्यानललाई जानकारी दिएका छन् ।

इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएअनुसार फुटबल समर्थकले पराजय सहन नसक्दा उक्त घटना भएको हो ।

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अखिन्ताले खेलमा हार खाएको टोलीका समर्थकले हार सहन नसकेर हिंसा मच्चाएका थिए । त्यसपछि त्यहाँ जम्मा भएको भीडमा भागदौड मच्चिएको थियो । भागदौडमा परेर करिब २०० जना घाइते भएको जनाइएको छ ।

हार्ने पक्षका समर्थकले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास हानेपछि खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो । धेरै जसो मानिसले भागदौडमा परेर ज्यान गुमाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय