काठमाडौं– पाटा नेपाल स्टुडेन्ट च्याप्टरले मिड भ्याली इन्टरनेसनल कलेजमा बीएचएम अध्ययनरत छात्र निकेश केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि स्टुडेन्ट च्याप्टरको अध्यक्षतामा ग्लोबल कलेज इन्टरनेसनलकी विद्यार्थी रेजिना उप्रेती थिइन् । पाटा नेपाल च्याप्टरका सिइओ सुरेशसिङ बुडाल स्टुडेन्ट च्याप्टरको सल्लाहकार रहने बताइएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर अन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको साझा मञ्च हो, जसले विद्यार्थीहरूलाई पर्यटन क्षेत्र सँगको निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, शिप तथा दक्षता अभिवृदि र पर्यटन क्षेत्रमा युवा पर्यटन पुस्ताको उज्वल भविष्य निर्माणमा उल्लेख्य भूमिका खेल्दै आएको छ ।
स्टुडेन्ट च्याप्टरको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष– प्रदक्षिणा हमाल (लिटिल एन्जल्स), द्वितीय उपाध्यक्ष– सुधा शाक्य (ग्लोबल इन्टरनेसनल कलेज), सचिव रुपेश खड्का (ग्लोबल एकेडेमी अफ टुरिज्म एंड हस्पिट्यालिटी एजुकेसन) र कोषाध्यक्ष– आस्था भुसाल (सिटिजन कलेज) छन् ।
कार्यकारी सदस्यहरुमा राफिया बानु (सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट), ईशा खतिवडा (इन्टरनेसनल स्कुल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट), अनुष्का प्रधान (नेपाल एकेडेमी अफ टुरिज्म एन्ड हस्पिट्यालिटी म्यानेजमेन्ट), मनोज शर्मा (अथर्व बिजिनेश कलेज), सुजना दाहाल (प्रिमियर होटल स्कुल), संदिक्ष्या राई (गेटवे कलेज अफ प्रोफेशनल स्टडिज), सुनिल पाठक (नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट), रिषभ महर्जन (काठमाण्डू एकेडेमी अफ टुरिज्म एन्ड हस्पिट्यालिटी म्यानेजमेन्ट), अमृता कार्की (प्रिमियर कलेज अफ हस्पिट्यालिटी), सोहन काफ्ले (आदर्श स्कुल अफ म्यानेजमेन्ट), परिवेशराज धामी (सनसाइन स्कूल ओफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट) र कृपा तामाङ (धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्ट) चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष केसीले नेपालको दिगो पर्यटन प्रवर्धन र विकासमा पाटाले खेल्ने भूमिकामा सबै स्टुडेन्ट च्याप्टर सदस्यहरु सक्रिय एवं दृढताका साथ अघि बढ्ने बताए ।









