काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच बिहीबार प्रतिसेयर अंकित तथा चुक्ता मुल्य १०० कायम भएको २० करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडमार्फत आठ करोड कित्ता सेयर सर्वसाधारण, कर्मचारीहरु र सामूहिक लगानी कोषका लागि बिक्री खुला आह्वान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२ करोड कित्ता सेयर समेत गरी जम्मा २० करोड कित्ता सेयर वितरण भई नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ ।

सेयर सूचीकरण सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेन्जमा बैंकको धितोपत्र एनआइएफआरएको कोडबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ । बैंकले सेयर सूचीकरणपछि दिनुपर्ने सेयर रजिस्ट्रार सेवाको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको बैंकका विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय