काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडकोे कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपेश लम्साल नियुक्त भएका छ ।

माघ २९ मा सम्पन्न बैंक सञ्चालक समितिको ४७५औं बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लम्साललाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्नुका साथै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो ।

१२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य तथा विकास बैंकसँगको २५ वर्ष लामो अनुभव छ ।

नवनियुक्त कायम मुकायम सिइओ लम्सालले केन्द्रीय बैंकको नीति–नियमभित्र रहेर सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीको हितमा काम गर्दै गुणस्तरीय सेवा र उचित प्रतिफल प्रदान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय