
काठमाडौं– युएईविरुद्ध र्कीर्तिमानी जित हासिल नेपाल क्रिकेटको एकदिवसीय विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजेता घोषित भएको हो ।
यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोट चरणमा पुग्न सफल भएको हो ।