काठमाडौं– नेपाली क्रिकेटर सन्दिप लामिछानेले विकेटमा विश्व कीर्तिमान बनाएका छन् ।

उनले अफगानिस्तानका स्टार बलर रसिद खानले बनाएको कीर्तिमान तोड्दै उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।

लामिछानले ४२औं खेलमा १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । योसँगै लामिछाने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने बलर बनेका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एसीसी मेन्स प्रिमियर कपमा ओमनविरुद्धको खेलमा एक विकेट लिएपछि उनले रसिदको कीर्तिमान तोडेका हुन् । जारी खेलको १।४ ओभर बलिङ गर्ने क्रममा लामिछानेले तीन विकेट लिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय