काठमाडौं– बिहीबार भारतमा भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को मिनी अक्सनमा दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसमाथि पैसाको खोलो बगेको छ । ३३ वर्षीय अलराउन्डरलाई राजस्थान रोयल्सले १६.२५ करोड भारतीय रुपैयाँ तिरेर आफ्नो टिममा अनुबन्धन गरेको छ ।

यससँगै मोरिस आइपिएलमा सबभन्दा महँगा खेलाडी बनेका छन् । उनले पूर्वभारतीय खेलाडी युवराज सिंहको ६ वर्ष पुरानो रेकर्ड तोडेका छन् ।
मोरिसलाई रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो टिमबाट रिलिज गरेको थियो । मोरिसले आफ्नो बेस प्राइस ७५ लाख भारु राखेका थिए । उनीमाथि मुम्बई इन्डियन्स, राजस्थान रोयल्स र बैंग्लोरबीच बोलकबोल चलेको थियो ।

त्यस्तै आइपिएलको अक्सनमा रोयल च्यालेन्जर्स बैंग्लोरले अस्ट्रेलियन विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई ठूलो रकम तिरेर टिममा भित्र्याएको छ । बिहीबार चेन्नईमा भएको अक्सनमार्फत उनलाई बैंग्लोरले १४ करोड २५ लाख भारतीय रुपैयाँ खर्चेर टिममा अनुबन्धित गरेको हो ।

आइपिएलमा पनि खासै राम्रो प्रदर्शन गर्न नसकेका उनी यसअघिको संस्करणमा पञ्जावबाट खेलेका थिए । उनलाई पञ्जाबले केही अघिमात्र आफ्नो टिमबाट रिलिज गरेको थियो । म्याक्सवेलले अक्सनमा आफ्नो न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखेका थिए ।

युएईमा भएको अघिल्लो संस्करणमा उनले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । तर पनि जसरी म्याक्सवेल लयमा देखिएका छन् र टी–२० क्रिकेटमा उनको आक्रामक ब्याटिङ खेलको नतिजा उल्टाउन सक्ने क्षमता राख्छ । उनको आक्रमक शैलीका कारण उनी आइपिएलमा सर्वाधिक रुचाइएका खेलाडीभित्र पर्ने गर्छन् ।

त्यसैले यसपटक पनि उनलाई ठूलो रकम तिरिने आकलन गरिएको थियो । र सोही अनुरुप अहिले बैंग्लोरले ठूलो रकमका साथ उनलाई टिममा भित्र्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय