काठमाडौं– नेपाल १० वर्षपछि क्रिकेटको टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानीस्थित क्रिकेट ग्राउन्डमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छानिएको हो ।

शुक्रबारको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले अविजित रहँदै सर्वाधिक ६३ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।

टस जितेर ब्याटिङ रोजेको युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले महत्त्वपूर्ण ३ विकेट लिएका थिए । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए ।

काठमाडौंमा भएको छनोट खेलबाट ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय