काठमाडौं– आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि हात पारेको हो ।

निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनायो । २२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो बलमा कुशल भुर्तेलको विकेट गुमायो । ओमानका लागि बिलाल खानले दोस्रो बल डट राखे भने तेस्रो र चौथो बलमा नेपालले १–१ रन बटुल्यो । पाँचौं र छैटौं बलमा कुशल मल्लले लगातर दुई चौका प्रहार गरे पनि नेपालको जीतका लागि त्यो पर्याप्त भएन र उपाधि ओमानले जित्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय