काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । यसअघि अमेरिकाले भिसा नदिँदा उनी टी–२० विश्वकप खेल्न अमेरिका जान पाएका थिएनन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लामिछाने शुक्रबारै अमेरिका प्रस्थान गर्नेछन् ।
नेपालले अमेरिकाबीच तीन खेलको टी–२० शृंखला शुक्रबारदेखि सुरू भएको छ। उक्त प्रतिस्पर्धाको पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।
यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी(–० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।
अमेरिकाको भिसा नभएकै कारण उनी उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।